Wed. Jan 22nd, 2025

७४ जिल्लाका १६ हजार २७५ ठाउँमा इन्टरनेट

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ७४ जिल्लाका १६ भन्दा बढी ठाउँमा इन्टरनेट जडान गरिएको बताएको छ ।

इन्टरनेट जडानका लागि हालसम्म कोषको पाँच अर्ब ४३ करोड ७२ लाख ९३ हजार रुपैयाँ खर्च भएको छ । ब्रोडब्यान्ड इन्टरनेट जडान योजनाको २०८० पुस मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गर्दै प्राधिकरणले बताएको हो । प्राधिकरणका अनुसार ७११ स्थानीय तहको कार्यालयमा ब्रोडब्यान्ड इन्टरनेट जडान भएको छ ।

यस्तै, पाँच हजार ९५१ वडा कार्यालय, पाँच हजार ३४१ माध्यमिक विद्यालय र चार हजार २७२ स्वास्थ्य संस्थाहरूमा इन्टरनेट जडान गरिएको प्राधिकरणले जनाएको छ ।

यसरी कुल १६ हजार २७५ ठाउँमा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट जडान भएको हो । यसका लागि प्राधिकरणले १८ वटा प्याकेजमार्फत योजना अघि बढाएको थियो ।

About The Author

अन्य समाचारहरु: