Tue. Apr 16th, 2024

‘सक्किगो नि’ सिरियलको टीमले ‘लाज शरणम’ कथानक फिल्म निर्माण गर्ने

काठमाडौं – लोकप्रिय टेलिभिजन श्रृंखला ‘सक्किगो नि’ समूहले पहिलो फिचर फिल्मको रुपमा ‘लाज शरणम’ निर्माणको घोषणा गरेको छ ।

बुधबार बेलुका यो श्रृंखलाका सबै कलाकारले सामाजिक संजालबाट टाइटलको लोगो सेयर गर्दै फिल्मबारे जानकारी दिए । चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएसँगै फिल्मको घोषणा गरिएको कलाकार कुमार कट्टेलले जानकारी दिए ।

यद्यपि, यो फिल्मको निर्देशक र कलाकारको लाइनअप तय हुन बाँकी छ । ‘टीम भित्रैबाट फिल्म निर्देशन गर्नेबारे छलफल भैरहेको छ । कलाकारको रुपमा हामी र बाहिरबाट पनि कोही हुनसक्नुहुन्छ’ कट्टेलले अनलाइनखबरसँग भने ।

सोसल(कमेडी जनरामा बन्ने फिल्मले अहिले मुलुक र नागरिकले भोग्नुपरेको यथार्थ समस्यालाई चित्रण गर्ने बताइएको छ । ‘नेपाली दाजुभाईले देख्नुभएको र भोग्नुभएको कथावस्तुमै फिल्म बन्छ’ कट्टेलले भने, ‘कमेडीसँगै मनोरञ्जन दिइनेछ ।’

कट्टेलसहित दीपक आचार्य, हरिश निरौला र गजित विष्टले मिलेर पटकथा लेखिरहेका छन् । कथा र परिकल्पना कुमारको हो । २०८१ सालमा छायांकन गरेर सोही वर्ष प्रदर्शनको तयारी गरिएको जानकारी उनले दिए ।

२ करोड रुपैयाँ बजेट तय गरिएको यो फिल्मको निर्माण कम्पनीको रुपमा जेपिटि क्रिएसन छ । यो ब्यानरले अहिले ‘सक्किगो नि’ श्रृंखलाको निर्माण गरिरहेको छ । फिल्म र टेलिभिजन सिरिजलाई एकसाथ अघि बढाउने योजना टीमको रहेको कट्टेलले जनाए ।

About The Author

Loading...

अन्य समाचारहरु: