Sun. Apr 14th, 2024

जापानलाई उछिन्दै विश्वको तेस्रो ठूलो अर्थतन्त्रमा जर्मनी

जापानलाई उछिन्दै जर्मनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश बनेको छ । सरकारी तथ्याङ्कअनुसार जापानको अर्थतन्त्र आर्थिक मन्दीतर्फ धकेलिँदा जर्मनीले उछिनेको हो । अब जापान चौथो स्थानमा आइपुगेको छ ।

सन् २०२३ मा जापानको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० डलरमा ४ दशमलव २ ट्रिलियन र जर्मनीको जीडीपी ४ दशमलव ५ ट्रिलियन थियो । जापानको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार देशको अर्थतन्त्र अक्टोबर र डिसेम्बरबीचको तीन महिनामा शून्य दशमलव चार प्रतिशतले सङ्कुचित भएको थियो । सन् २०२२ को तुलनामा जीडीपी एक दशमलव नौ प्रतिशतले बढे पनि जर्मनीलाई उछिन्न सकेन ।

यो तथ्याङ्कले जापानी अर्थव्यवस्थाले कसरी आफ्नो प्रतिस्पर्धात्मकता र उत्पादकता गुमाइरहेको छ भन्ने देखाउने विश्लेषकहरूले बताएका छन् ।

जापानको जनसङ्ख्या लगातार घटिरहेको छ । जापानमा बालबालिका कम जन्मँदै छन् र जनसङ्ख्या औसत उमेर पनि बढ्दै गएको छ । यसको असर देशको अर्थतन्त्रमा देखिएको हो । डलरको तुलनामा जापानी मुद्रा येन लगातार कमजोर भइरहेको छ । यसले पनि अर्थतन्त्रमा असर पुगेको तथ्याङ्कले देखाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले यसअघि नै जापानको अर्थतन्त्र खस्किने अनुमान गरेको थियो ।

सन् २०१० अघिसम्म जापान अमेरिकापछिको दोस्रो ठूलो अर्थव्यवस्था भएको देश थियो । सन् २०१० मा चीनको अर्थव्यवस्थाले उछिनेपछि जापान तेस्रो स्थानमा झरेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: