Sat. Jul 20th, 2024

डाक्टरको भेषमा गएर गर्भवतीमाथी दुव्र्यवहार

unifurm f doctor

चितवन – चितवनको नारायणी सामुदायिक अस्पतालमा एक व्यक्ति डाक्टर हुँ भन्दै प्रसूति वार्डमा पसे । एक गर्भवतीको परीक्षण गर्ने भन्दै दुव्र्यवहारसमेत गरे । सोही दिन भरतपुर अस्पतालमा पुगेर अर्की गर्भवतीलाई समेत उनले दुव्र्यवहारको प्रयास गरे ।

राती भएको उक्त घटनाका बेला चितवनको भरतपुर– ११ बस्ने ३६ वर्षीय डायमण्ड श्रेष्ठले मदिरा पिएको पाइएको चितवनका प्रहरी प्रवक्ता राजन अधिकारीले बताए । श्रेष्ठमाथि अहिले जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा लगाइएको अधिकारीले उल्लेख गरे। मापसे गरेकाले थाहा नपाएर आफूले यस्तो गरेको प्रहरीसँगको बयानमा श्रेष्ठले बताएका छन् । यस घटनाको केही दिनपछि पुन भरतपुरमा नक्कली डाक्टरको भेषमा अर्को घटना भयो । चिकित्सकले लगाउने एप्रोन नै लगाएर एक युवा भरतपुर अस्पताल छिरे ।

चितवन विजयनगर घर भएका ३० वर्षीय विजय चौधरीले उक्त घटनाका बेलामा पनि मापसे गरेको प्रहरीले जनाएको छ । उनले चिकित्सक भन्दै अस्पतालभित्र बिरामीको दुव्र्यवहार प्रयास गरेको प्रहरीले जनाएको छ । सबैले चिकित्सक सम्झिएका भए पनि बिरामी कुरुवासँग पैसा मागेपछि बल्ल उनी नक्कली भन्ने थाहा पाइयो र प्रहरीले पक्राउ गर्न सफल भयो । चौधरीमाथि अहिले सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक राजन अधिकारीले बताए ।

मेडिकल सिटीका रुपमा विकास हुँदै गएको चितवनमा यस्ता नक्कली कामसमेत हुन थालेपछि अस्पतालको सुरक्षा गम्भीर बन्दै गएको तथ्य पुष्टि हुन्छ । अस्पतालको गेट सुरक्षा तथा भित्र सुरक्षा हुँदै कर्मचारी स्वयम्सेवक हुँदैभित्र जानुपर्ने संवेदनशील बिरामी कक्षहरुमा मदिरा पिएर नयाँ मान्छे जाँदासमेत कसैले पत्तो नपाउनु बिरामी सुरक्षाको चुनौती भएको अस्पतालमा आएका उनका आफन्तहरुको भनाइ छ । रासस

About The Author

Loading...

अन्य समाचारहरु: