Sun. Apr 21st, 2024

सुरक्षाकर्मीबाट पत्रकार शाक्यमाथि दुव्र्यवहार

धादिङ -पत्रकार टेकमान शाक्यमाथी सुरक्षाकर्मीले दुर्व्यवहार गरेको छ । समाचार सङ्कलन गर्न पुगेका पत्रकार शाक्यमाथी कालिमाटी प्रहरी वृत्तबाट खटिएका सुरक्षाकर्मीको टोलीले विहिबार दिउँसो ताहाचलमा दुर्व्यवहार गरेको हो ।

वैदेशिक रोजगार ठगीमा परेकाहरू दबाबका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभागमा पुगेका बेला समाचार सङ्कलनका क्रममा पुगेका पत्रकार शाक्य र सुनिता गौतममाथि प्रहरीले परिचयपत्र खोसेर दुर्व्यवहार गरेका थिए ।

सूचना विभागबाट जारी भएको प्रेस प्रतिनिधि प्रमाणपत्र देखाउँदा पनि प्रहरीले उल्टै यस्तो कार्ड त पैसामा किनेर ल्याइदिन सक्ने भन्ने धम्की दिँदै परिचय पत्र खोसेको पत्रकार शाक्यले बताएका छन् । धादिङ स्थायी घर भएका पत्रकार शाक्य एक दशक भन्दा लामो समयदेखि पत्रकारिता पेशामा सक्रिय छन् । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक हुन् ।

About The Author

Loading...

अन्य समाचारहरु: