Sat. Dec 7th, 2024

अगेनोमै फुकेको आगोले उत्तरी धादिङको रिचेतमा घर जल्यो

धादिङ–पानी परेर चिसो बढेपछि न्यानो बनाउन फुकेको आगोले उत्तरी धादिङको गंगाजमुना गाउँपालिका-१ रिचेतमा एउटा घर जलेर नष्ट भएको छ ।

गएराती करिब १०:४५ बजेको समयमा घरभित्रै फुकेको आगोले सिपि तामाङको ढुंगामाटो र काठले निर्माण गरिएको कच्ची घर जलेको हो ।

अगोनोको नजिकै रहेको धानको भकारीमा सल्किएको आगोले पुरै घर नष्ट गरेको स्थानीय पुर्ण तामाङले जानकारी दिए । दिउँसो पानी परेको थियो, साँझ चिसो बढेकोले परिवारका मनिसहरु अगेनोमा आगो तापेर छोडेका रहेछन् तामाङले भने – ‘निभ्यो भनेर छोडेको अगेनोकै आगोले घरसंगै भएभरका अन्न सबै जलायो ।’

करिब २० मुरी धान, मकै, कोदोलगायत घरमा भएका सबै अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागीबाट करिब १३ लाख बराबरको क्षति भएको स्थानीयले बताएका छन् ।

उनका अनुसार परिवारका सदस्यहरु संगै रहेको अर्को घरमा सुतेका थिए ।

About The Author

अन्य समाचारहरु: