Sun. Apr 14th, 2024

बर्लिनमा नेपाली फिल्म ‘शाम्बाला’को विश्व प्रिमियर

काठमाडौं – शुक्रबार बेलुका बर्लिन फिल्म फेस्टिभलमा इतिहास रचियो । पहिलोपटक यो विश्व प्रतिष्ठित फिल्म फेस्टिभलमा कुनै नेपाली फिल्मको रेडकार्पेट प्रिमियर भैरहेको थियो ।

अवश्य पनि, मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ले बर्लिनको अन्तर्राष्ट्रिय विधामा छनोट हुँदै पहिलो नेपाली फिल्मको रुपमा इतिहास रच्यो । फिल्म प्रिमियर हुनुअघि यसलाई दिइएका ५ वटै पब्लिक शोजका टिकट अग्रिम बुकिङ भैसकेको थियो ।

प्रिमियरपूर्व निर्देशक भामसहित कलाकारहरु कार्म, थिन्ले ल्हामो, सोनम तोप्देन लगायतले पत्रकार सम्मेलनमा भाग लिए । विश्व मिडियासामु उनीहरुले फिल्म निर्माणका अनुभव बाँडे । उनीहरुले फोटोकलमा पनि सहभागिता जनाए ।

About The Author

Loading...

अन्य समाचारहरु: