Wed. Jan 22nd, 2025

बलिउड अभिनेता अनुपम खेरले नेपाली फिल्म ‘गोर्खा वारिअर’को प्रशंसा गरे

काठमाडौं -बलिउड अभिनेता अनुपम खेरले नेपाली फिल्म ‘गोर्खा वारिअर’को प्रशंसा गरेका छन् । आइतबार इन्स्टाग्राम स्टोरीबाट फिल्मको पोस्टर सेयर गर्दै उनले ट्रेलर मनपरेको उल्लेख गरेका छन् ।

निर्देशक मिलन चाम्सलाई ट्याग गर्दै उनले लेखेका छन्, ‘ट्रेलर निकै मनपर्‍यो । नेपाल ।’ उनले यो स्टाटसमा ताली बजाएको इमोजी पनि उल्लेख गरेका छन् ।

चाम्स निर्देशित फिल्म गोर्खा वारिअर शुक्रबारदेखि नेपालसहित विदेशमा समेत रिलिज भएको छ । यो फिल्मले सन् १९४८ देखि १९६० सम्म चलेको मलाया संकटकालको बेला स्वतन्त्रता लडाकुहरुले बेलायती उपनिवेशविरुद्ध थालेको सशस्त्र विद्रोहको कथा प्रस्तुत गर्छ ।

यो जंगल सर्भाइभल फिल्मले मलाया लडाकुले कब्जामा लिएका ब्रिटिस गोर्खा सैनिकलाई मुक्त गर्न प्रमुख पात्रले गरेको वीरतापूर्ण लडाइँको कथा पेश गर्छ । फिल्ममा रितेश चाम्सले शीर्ष भूमिका निर्वाह गरेका छन् ।

बलिउड अभिनेता खेर नेपाल निकट बलिउड अभिनेता मानिन्छन् । बारम्बार नेपाल आइरहने उनले नेपाली संस्कृति, फिल्म र मानिसको प्रशंसा गर्ने गरेका छन् ।

About The Author

अन्य समाचारहरु: