Wed. Dec 4th, 2024

‘रंगेली’मा आफ्नो पात्रबारे दयाहाङ : ‘ग्याङस्टर समाजका लागि घातक’

काठमाडौं -अभिनेता दयाहाङ राई प्रदर्शन तयारीमा रहेको फिल्म ‘रंगेली’मा ग्याङस्टर चरित्रमा देखिंदैछन् । ‘छड्के’पछि यो उनको दोस्रो ग्याङस्टर फिल्म हो ।

‘रंगेली’को ट्रेलरअनुसार दयाहाङले निर्वाह गरेको पात्र विजय पत्नी सुख र पैसा कमाउने उद्देश्यले ग्याङस्टर बन्छ । मिडिया कुराकानीमा दयाहाङले ‘रंगेली’को चरित्रलाई भेगीय हिसाबले भिन्न रहेको बताए ।

‘’मैले अहिलेसम्म गरिरहेको चाहिं प्राय ‘ग्रे’ चरित्र छन् । ती चरित्रमा नेगेटिभ र पोजेटिभ दुवै कला छ । रंगेलीको चरित्रलाई पनि ‘ग्रे’ चरित्र मान्न सकिन्छ, तर आम मानिसको सोचाइबाट हेर्दा यसमा ‘डार्क’ चरित्र नै देखिन्छ । फिल्ममा विजयभित्र रहेका मानवता र अनुभूतिका कुरा छ,’’ दयाहाङ भन्छन् ।

फिल्ममा आफूले चित्रण गरेको विजय नामक पात्र समाजका लागि घातक हुने उनको टिप्पणी छ । कुल मिलाएर भन्दा यो फिल्ममा उनी ‘एन्टिहिरो’ चरित्रमा छन्, जुन सामान्य पात्र परिस्थितिवश असामान्य बन्दै जान्छ ।

About The Author

अन्य समाचारहरु: