Wed. Apr 17th, 2024

संसद भवनमा मिटरब्याज पीडित प्रवेशको घटनाबारे अनुसन्धान गर्न समिति गठन

काठमाडौँ – संसद भवनमा आज मिटरब्याज पीडित प्रवेशको घटना अनुसन्धान गर्न प्रहरीले छानबिन समिति गठन गरिएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेश राज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका डीएसपी रहेको एसएसपी मैनालीले बताए ।

संसद भवनमा बैठक सञ्चालन भइरहेको बेलामा मिटरब्याजबाट पीडित ऋणीहरूले परिसरमै पुगेर नाराबाजी गरेका हुन् ।

लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौँमा आन्दोलन गर्न आएका ऋणीहरू संसद् भवनभित्रै प्रवेश गरेका थिए । संसद् भवनभित्रै प्रवेश गरेका ४८ महिला र १ जना पुरुषलाई प्रहरीले नियन्त्रणमा एसएसपी मैनालीले बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: