Tue. Apr 16th, 2024

टी–२० त्रिदेशीय क्रिकेट : नेपालसँगको खेलमा नामिबिया ब्याटिङ गर्दै

काठमाण्डौ – टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा अहिले नेपाल र नामिबिया खेलिरहेका छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर नामिबियाले ब्याटिङ रोजेको छ । उसले ताजा अवस्थामा १० ‍‌ओभर चार बलमा ३ विकेट गुमाएर ६२ रन बनाएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी–२० शृङ्खला खेल्न लागेका हुन् । नेपालले आउने जुनमा हुने टी–२० विश्वकपको तयारीको शुरुवातको रुपमा यो शृङ्खलालाई लिएको छ ।

नामिबिया र नेदरल्यान्ड्स पनि विश्वकप खेल्दैछन् । नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन् । नेपालले विश्वकप लिग–२ खेलेको टोलीमा केही परिवर्तन गर्दै यो शृंखलाका लागि १८ सदस्यीय टोली घोषणा गरेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: