Wed. Jan 22nd, 2025

धादिङ गजुरीबाट ६२० केजी गाँजासहित एक जना पक्राउ

धादिङ–पृथ्वी राजमार्ग अन्तरर्गत गजुरी गाउँपालिका स्थित विहानी पेट्रोल पम्प नजिकैबाट लागु औषध गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज विहान जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम कुमार के.सीको कमाण्डमा खटिएको प्रहरी टोलीले सर्लाहीको २९ वर्षीय सन्तोष कुमार साहलाई ६ सय २० किलो ४४ ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो ।

विशेष सुचनाको आधारमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा पृथ्वी राजमार्गबाट ठुलो परिमाणको गाँजा मिनीट्रकमा लोड भई काठमाण्डौबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८३०९ नम्बरको मिनिट्रकमा कवाडीको समानभित्र लुकाई राखेको गाँजा फेला पारी ट्रक चालक साहलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक केसीले बताए ।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । बरामद गरिएको गाँजा विक्री प्रयोजनको लागि विदेशी बजारमा लैजादै गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र अन्य थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: