Mon. Jan 13th, 2025

एमाले धादिङले तोक्यो पालिका इन्चार्ज र विभाग प्रमुख

धादिङ– नेकपा (एमाले) धादिङले जिल्लाको १३ वटै पालिकामा पार्टी इन्चार्ज तोकेको छ । नवौं जिल्ला अधिवेशन पश्चात मंगलबार र बुधबार बसेको पहिलो बैठकले ८ वटा विभाग प्रमुखहरुको पनि टुंगो लगाएको छ ।

बैठकले धुनिबेसी नगरपालिकामा उर्मिला रेग्मी रुपाखेती, थाक्रे गाउँपालिकामा केदारप्रसाद पाठक, गल्छी गाउँपालिकामा हिरादेवी रेग्मी, गजुरी गाउँपालिकामा रंग थपलिया, बेनिघाट रोराङ गाउँपालिकामा राजेन्द्र विक्रम वस्नेतलाई पालिका इन्चार्ज तोकेको छ । त्यस्तै सिद्धलेक गाउँपालिकामा गोविन्द कँडेल, निलकण्ठ नगरपालिकामा बेदनिधि पाठक (बेनी), ज्वालामुखी गाउँपालिकामा अर्जुनकुमार श्रेष्ठ, नेत्रावती गाउँपालिकामा भरत ढुंगाना, त्रिपुरासुन्दरी गाउँपालिकामा भक्तबहादुर लामिछाने, गंगाजमुना गाउँपालिकामा गोपाल गुरुङ, खनियावास गाउँपालिकामा हरी थापा मगर र रुवीभ्याली गाउँपालिकामा प्रज्वल तामाङलाई इन्चार्ज तोकेको छ ।

एमाले धादिङको पहिलो बैठकले ८ वटा विभाग बनाउने निर्णय गर्दै विभाग प्रमुख पनि टुंगो लगाएको छ । निर्वाचन विभागमा कुमार विक, पार्टी स्कुल विभागमा उर्मिला रेग्मी, प्रचार तथा प्रकाशन विभागमा शंकर श्रेष्ठ, वित्त तथा कोष व्यवस्थापन विभागमा बेग बहादुर पाण्डे, संगठन विभागमा राधिका सापकोटा, स्थानीय विकास विभागमा केदारनाथ खतिवडा, सहकारी तथा गरिबी निवारण विभागमा पार्वती राई खाँण र विपद व्यवस्थापन तथा स्वयंसेवा विभागमा योगेन्द्र कुमार बस्नेतलाई जिम्मेवारी दिइएको एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिइन् ।

बैठकले जिल्ला कमिटिका पदाधिकारीसहित २४ सदस्यीय सचिवालय गठन गरेको छ । यसैगरि २२ वटा जनसंगठनहरुको पनि कार्यविभाजन गरि जिम्मेवारी प्रदान गरिएको छ । साथै १ सय ४ वटै वडा कमिटिको लागि इन्चार्जको जिम्मेवारी बैठकले तोकेको छ ।

About The Author

अन्य समाचारहरु: