Mon. Apr 15th, 2024

एमाले धादिङको जिल्ला कमिटिमा ६ जना मनोनित


धादिङ– नेकपा एमाले धादिङले ६ जना नेताहरुलाई जिल्ला कमिटिमा मनोनयन गरेको छ । नवौं जिल्ला अधिवेशनबाट छुटेका नेताहरुलाई निर्वाचित जिल्ला कमिटिले सदस्यमा मनोनित गरेको हो ।

नवौं जिल्ला अधिवेशनपछि बसेको पहिलो जिल्ला कमिटिको बैठकले गजुरीका दिपक खतिवडा, धुनिबेसीका मनोज लामा, ज्वालामुखीका रणबहादुर शाही, सिद्धलेकका प्रेमनाथ सिलवाल, नीलकण्ठका पार्वती राई खाँड र नीलकण्ठकै हरिबहादुर श्रेष्ठलाई मनोनित गरेको प्रचार विभाग प्रमुख शंकर श्रेष्ठले जानकारी दिए । केही समयअघिदेखि ज्वालामुखीका शाही नेपाली कांग्रेसबाट र नीलकण्ठका खाँड नेकपा एकिकृत समाजवादी भएर निस्कृय बसेकोमा समायोजनबाट जिल्ला कमिटिमा मनोनित गरिएको हो ।

पार्टीको काम र गतिविधि संचालनसँगै समग्र पार्टीको सदृढिकरणका लागि जिल्ला कमिटिमा ल्याउनै पर्ने तर नवौं अधिवेशनमा नपरेकाहरुलाई विधानको धारा ६५ को मनोनित सम्बन्धी व्यवस्थाको उपधारा १ र ४ बनोजिम मनोनित गरिएको श्रेष्ठले जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: