Tue. Apr 16th, 2024

नामिबियाविरुद्ध नेपालले दुई ओभरमा गुमायो दुई विकेट

काठमाडौं – त्रिदेशीय शृंखलाको आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले सातौँ र आठौँ ओभरमा दुई विकेट गुमाएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले सातौँ ओभरको अन्तिम बलमा ओपनर अनिल साहलाई गुमाएको हो । अनिलले १७ बलमा तीन छक्कासहित टिमको खातामा २३ रन थपे ।

नेपालले ७।२ ओभरमा गुल्सन झालाई पनि गुमाएको छ । गुल्सनले १६ बलमा एक चौका र तीन छक्कासहित २६ रन बनाए ।

जारी खेलको आठ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर ६६ रन बनाएको छ । त्यसअघि नेपालले ओपनर आसिफ सेखलाई एक रन र कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत १० रनमा गुमाएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: