Wed. Dec 4th, 2024

वाफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सिमित

काठमाडौं – नेपाल साउदी अरेबियामा सम्पन्न वाफ महिला च्याम्पियनसिप फुटबलको उपविजेतामै सिमित बनेको छ । जेद्दाह शहरस्थित किंग अब्दुल्ला स्पोर्ट्स स्टेडियममा बिहीबार राति सम्पन्न फाइनल खेलमा जोर्डनसँग पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेतामा सिमित बनेको हो ।

यता जोर्डन भने नेपाललाई स्तब्ध पार्दै लगातार दोश्रो पटक वाफ च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ । निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलको नतिजाको निर्धारण पेनाल्टी सुटआउट मार्फत गरिएको थियो ।

खेलको २९ औं मिनेटमा सविता राना मगरको गोलबाट नेपालले खेलमा पहिलो अग्रता लिएको थियो । ७३ औं मिनेटमा जोर्डनकी लाना फिरसले बराबरी गोल फर्काएकी थिईन् ।

८९ औं मिनेटमा अबु सब्बाले गोल गर्दै जोर्डनलाई २-१ को अग्रता दिलाएकी थिईन् । इन्जुरी समयमा पाएको पेनाल्टीको सदुपयोग गर्दै नेपालकी गिता रानाले गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा नेपालकी अमिता जैसीको असफल रह्यो ।

आमन्त्रित टोलीको रुपमा पहिलो पटक वाफ च्याम्पियनसिप खेलेको नेपालले सेमिफाइनलमा लेवनानलाई २–१ ले हराउँदा त्यसअघि समूह चरणमा सिरियालाई ४–१ ले, इराकलाई ५–० ले र प्यालेस्टाईनलाई ४–० ले पराजित गरेको थियो ।

About The Author

अन्य समाचारहरु: