Wed. Jan 22nd, 2025

भूकम्पले मुहान भाँसिएपछि सल्यानटारमा खानेपानीको हाहाकार

salyantar dhara
धादिङ – धादिङको सल्यानटारमा प्रत्येक वर्षको बर्षायाममा खानेपानीको हाहाकार हुने गर्दछ ।

पानी लिनका लागि घण्टौ धाउनु पर्ने समस्या रहेको छ । भएका पानीका मुहानहरु पनि भूकम्पले तलमाथि बनाएको र सुकेका कारण झनै ठुलो समस्या परेको छ । कतै पानीको पाईप बगाएको छ भने कतै मुहान नै भासिएको छ । अलि अलि संकलन भएका पानी पनि ट्याङकी फुटेका कारण खेर गएको छ । गाँउमा रहेको ट्याङकी फुटेपछि २१ गाँउमा पानीको समस्या परेको छ ।

८ हजार जनसंख्या रहेको सल्यानटारमा आपूर्ति हुँदै आएका बुढीगण्डकी र नेत्रावति (आँखु) नदिबीचको सल्यानटारका तत्कालीन १९ बस्तीहरुलाई २०३३ सालमा ८० वटा धारा दिएर आगिञ्चोकबाट खानेपानी आयोजना सञ्चालन भएको थियो । अहिले बस्ती बिस्तार भएर जनसंख्या वृद्धि भइसक्दा पनि पानीको आपूर्ति भने उस्तै छ । त्यसमाथि भूकम्पपछि आएको पहिरोले पाइप बगाएपछि स्थानीयलाई संकट परेको छ ।

सल्यानटारको सिकटार, बुट्टार लगायतका ठाँउहहरुमा पानीको मुहान सुकेको छ । कुवाको पानी पनि धमिलो र लेदो जमेका कारण स्वास्थ्यमा पनि समस्या देखिएको छ । कुमाल तथा दराई जातीको बसोबास बुट्टार पाखाको ठूलो पधेँरोमा भूकम्पछि आधा पानी घटेको छ । मुहान सुकेपछि घण्टौँ धाएर खोलामा जानुपर्ने बाध्यता रहेको त्यहाँका स्थानीय राजेन्द्र गिरीले जानकारी दिए ।

त्यस्तै आगिन्चोकका ४ वटै मुहान भासिएका छन् । भूकम्पले ३ किलोेमिटर तलको आँखुखोलामा निस्केपछि खानेपानी हाहाकार भएको छ । त्यहाँका मानिसहरु बर्षामा परेको पानी संकलन गरी खाने गर्दछ ।

About The Author

अन्य समाचारहरु: