Tue. Apr 16th, 2024

अभिनेत्री नन्दिता केसीले कसिन् लगनगाँठो

काठमाडौँ – अभिनेत्री नन्दिता केसीले शनिबार प्रेमीसँग लगनगाँठो कसेकी छन् । होटल शंकरमा आयोजित वैवाहिक समारोहमा उनले प्रेमी अरविन्द्र कट्वालसँग विवाह गरेकी हुन् ।

वैवाहिक समारोहमा दुवैतर्फका साथीभाइ, आफन्तलगायत निम्त्याइएको थियो । भुवन केसी लगायतका फिल्मकर्मी पनि नन्दितालाई बधाई दिन पुगेका थिए । बेहुली पहिरनमा उनी आकर्षक र खुशि देखिएकी थिइन् ।

इन्द्रेणी’ डेब्यु अभिनेत्रीलाई फ्यान र फिल्मकर्मीले सामाजिक संजालबाट बधाई दिइरहेका छन् । बेहुला कट्वाल पेशाले अमेरिकामा कार्यरत मुटुरोग विशेषज्ञ हुन् । ६ महिनाअघि पहिलोपटक भेट भएका यी दुईले मागी विवाह गरेका हुन् ।

केही साताअघि क्यानडामा इन्गेजमेन्ट गरेका उनीहरु विवाहका लागि काठमाडौं आइपुगेका थिए । विहीबार रेसु भिल्लामा आयोजित मेहेन्दी उत्सवमा नन्दितासँग उनी निकट सेलिब्रेटी देखिएका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: