काठमाडौं – भारतमा नेपाली नागरिकले बैंक खाता खोल्न अत्यन्तै कठिनाइ भोगिरहेका छन् ।
सन् १९५० को शान्ति तथा मैत्री सन्धि अनुरूप नेपाली तथा भारतीयले एकअर्को मुलुकमा बिना कुनै अवरोध आवतजावत गर्न तथा काम गर्न पाउँछन् । भारतमा नेपालीले सरकारी सेवामा समेत काम गर्न र घरजग्गा किन्न सक्छन् ।
भारत जान तथा काम गर्न भिसा तथा पासपोर्ट समेत नचाहिने नेपालीले बैंकमा खाता खोल्न भने करिब–करिब नसक्ने स्थिति छ ।
भारतमा अन्य देशका नागरिकले भने सजिलै बैंक खाता खोल्न सक्छन् । त्यसका लागि अन्य कागजातका अतिरिक्त अनिवार्य पासपोर्ट र कम्तीमा १ सय ८२ दिन ९६ महिना काम गर्न पाउने भिसा ९इम्प्लोयमेन्ट भिसा० आवश्यक पर्छ ।
यो व्यवस्थाका कारण अन्य देशका नागरिकलाई भारतमा खाता खोल्न कुनै अप्ठेरो छैन । तर, नेपालीलाई भारत जान तथा त्यहाँ काम गर्न पासपोर्ट र भिसा आवश्यक नपर्ने व्यवस्था नै बैंक खाता खोल्न नपाउनुको कारण हो ।
नेपालीलाई भारतमा बैंक खाता खोल्न सहज व्यवस्था मिलाउन पहल गरिरहेको भारतका लागि नेपालका राजदूत डा। शंकर शर्माले जानकारी दिए ।
बैंक खाता खोल्न नपाउँदा त्यसले भारतमा काम गर्ने लाखौं नेपालीलाई समस्या पर्दै आएको एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष युवराज बरालले बताए ।
‘भारतमा लाखौं नेपाली कामको सिलसिलामा बसोबास गरिरहेका छन्,’ अध्यक्ष बरालले भने, ‘उनीहरूले बैंक खाता खोल्न असजिलो हुँदा बैंकिङ कारोबार मात्रै होइन, देशमा रेमिट्यान्स पठाउन पनि अप्ठ्यारो छ ।’