काठमाण्डौ – समय अगावै जन्मिने बच्चाको आँखामा अन्धोपना ल्याउन सक्ने ‘रेटिनोपेथी अफ प्रिमेचुरिटी’ (आरओपी) रोगका बिरामी बढ्न थालेका छन् । आँखाको भित्रि भाग अर्थात आँखाको पर्दामा जालो लाग्ने समस्यालाई आरओपी भन्ने गरिन्छ ।
सामान्य रुपमा गर्भ रहेको ४० हप्तापछि बच्चा जन्मँदा उनीहरुको सबै अङ्ग आवश्यकता अनुसार विकास भइसकेको हुन्छ । तर समय अगावै , २४ हप्तादेखि बच्चा जन्मेका उदाहरणहरु पनि थुप्रै छन् । उनीहरुमा अरु विभिन्न स्वास्थ्य समस्यासँगै आँखाको समस्या पनि प्रमुख रुपमा देखा पर्छ ।
उनीहरु कम तौलका हुने, आँखाको पर्दा अर्थात ९रेटिना० राम्रोसँग विकसित नहुने र राम्रोसँग सास फेर्न नसक्ने भएकाले उनीहरूलाई नियोनेटल इन्टेन्सिभ केयर युनिट ९एनआइसियू० मा राखेर उपचार गर्नुपर्छ । यस्ता बच्चाहरुको आँखामा हुने समस्या पहिचान गर्न जन्मेको ३ हप्तादेखि आँखाको जाँच गराउन जरूरी रहेको डाक्टरहरुले बताएका छन् ।