Sat. Nov 2nd, 2024

देशलाई सकारात्मक बाटोमा फर्काउन आज केही परिवर्तन गर्दैछौं : अध्यक्ष ओली

काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा परिवर्तन आवश्यक रहेको बताएका छन् । कांग्रेस नेतृत्वको गठबन्धन फुटाएर नयाँ समीकरण बनेपछि जीफन्टको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका ओलीले आज देशको परिस्थिती छिटोछिटो हिँड्न खोजेको बताए ।

उनले भने, ‘यहाँहरुलाई थाहा छ आज देशको परिस्थिति‘आजको दिन चाहिँ आज अलिक छिटो छिटो हिँड्न खोजेको जस्तो लागिरहेको छ । त्यो भएर म यहाँ आउन पनि ढिला भयो । देशको परिस्थिति छिटो छिटो हिँड्न खोजेर ढिला भयो । त्यतापट्टि अल्यायो। अल्मलायो । देशमा परिवर्तन आवश्यक छ, हुन्छ । जेसुकै परिवर्तन भएपछि हामी मिसना ०८४ छाड्दैनौं। हामी एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्य हो ।’

उनले मिसन ०८४ भनेको चुनाव जित्नको लागि मात्रै नभएको जिकिर गरे ।

उनले भने, ‘हामी एमालेलाई स्थापित निर्णायक तहमा विकास गर्दैछौं । त्यसको मापन के हो भने निर्वाचनबाट मात्रै हुन्छ । कति भोट कति सिट भन्ने कुराले कहाँनेर छ भन्ने कुरा निर्धारण गर्छ। त्यसले राष्ट्रिय शक्ति निर्णायक भयो भने राष्ट्रियताको रक्षा गर्छ। यथास्थितीवादी र प्रतिगामी शक्तिहरु निर्णायक हुँदै गए भने देश अफ्ठ्यारोमा पर्छ ।

उनले छिटोछिटो परिवर्तन हुन खोजीरहेको राजनीति कति प्रभावकारी ढंगले अघि बढ्छ भन्नेमा भर पर्ने बताए ।

About The Author

अन्य समाचारहरु: