Sat. Jan 18th, 2025

फिल्म‘उपहार’मा अहिलेसम्मकै फरक भूमिका गरेको छु: पुजा शर्मा

काठमाडौं – रेखा थापाले निर्माण गरेको फिल्म ‘उपहार’ आगामी शुक्रबार रिलिज हुँदैछ । यो फिल्ममा अभिनेत्री पूजा शर्माले ‘पूजा’ चरित्रमा अभिनय गरेकी छन् ।

‘उपहार’मा आफूले निर्वाह गरेको भूमिका अन्य भन्दा फरक रहेको पूजाले दाबी गरेकी छन् । ‘फिल्ममा म गाउँबाट सहर झरेकी पूजा चरित्रमा छु । काठमाडौंमा बाँच्न र पैसा कमाउनका लागि कस्तो काम गर्दा रहेछन् भन्ने चरित्र मैले निभाएकी छु । भन्नाले उसले गलत बाटो पनि अपनाउँछ,’ मिडिया कुराकानीमा उनले भनिन्, ‘अहिलेका टिनएजमा भइरहेको घटनालाई मेरो पात्रमार्फत देखाइएको छ ।’

पूजाको अनुभवमा अहिलेको समयमा विशेषगरी युवापुस्ताको ध्यान नै कसरी पैसा कमाउने भन्नेमै छ । ‘उपहारमा पूजाले पनि जस्तोसुकै काम गरेर भए पनि पैसा कमाउनुपर्‍यो भन्ने सोच राख्छे । तर उसमा आफूले गलत काम गरिरहेको छु र गलत काम गर्नुहुँदैन भन्ने सोच पनि हुन्छ,’ आफ्नो फिल्मी चरित्रबारे पूजाले भनिन् ।

पूजाले अगाडि भनिन्, ‘बेनिशालाई यो कथा सुनाउँदा उसले ‘दिदी यो कथा मलाई सुहाउँदैन’ भनेपछि मैले यो चरित्र निभाएँ । खासमा बेनिशाको क्यारेक्टर मैले गर्न लागेको थिएँ । तर बेनिशाले ‘पूजा’को चरित्र नगर्ने भएपछि अन्ततः मैले नै निभाएँ ।’

About The Author

अन्य समाचारहरु: