Mon. Jan 13th, 2025

नीलकण्ठ नगरपालिकामा दादुरा रुबेला खोप अभियान सुरु

धादिङ–धादिङको नीलकण्ठ नगरपालिकाले दोस्रो चरणको दादुरा रुबेला खोप अभियान सोमबारबाट सुरु गरेको छ । धादिङ अस्पतालको खोपकेन्द्र संस्थागत क्लिनिकमा एक कार्यक्रमको आयोजना गरी खोप अभियान सुरु गरेको हो ।
कार्यक्रमको सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले नीलकण्ठ नगरपालिका भित्र रहेका सबै बालबालिकालाई खोपको पहँुमा ल्याउने बताए । ‘दादुरा, रुबेला क्याम्पियन अभियानको रुपमा खोप कार्यक्रम हामी फागुन २१ देखि २७ गतेसम्म नगरपालिकाभर सञ्चालन गर्दैछौं । सरकारले पनि २०२६ सम्ममा यो रोग निवारण गर्ने भनेर लागेको छ । विगतमा पनि हामीले दादुरको खोप अभियान सफलतापूर्वक सञ्चालन गरेका थियौं । यस वर्ष पनि सबै बालबालिकालाई खोपको पहँुचमा पुर्याउने छौं’ उनले भने ।


पूर्ण खोप सुरक्षित भविष्य भन्ने मूल मर्मका साथ नीलकण्ठ नगरपालिकाको स्वास्थ्य शाखाले दोस्रो चरणको रुबेला खोप फागुन २१ गतेबाट २७ गतेसम्म सञ्चालन गर्ने नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले बताए । ‘नीलकण्ठ नगरपालिका भित्र ९ महिनादेखि ५ वर्षसम्मका बालबालिका ३ हजार ७ सय ६४ जना रहेका छन् । ३६ खोप केन्द्र मार्फत खोप सञ्चालन हुन्छ । आज मात्रै पनि १ हजार ३ सय ९३ जना अर्थात ३७ प्रतिशतले खोप लगाइसकेका छन्’ उनले भने ।

About The Author

अन्य समाचारहरु: