Sun. Apr 14th, 2024

सुनको मूल्य अहिलेसम्मकै धेरै

काठमाण्डौ – सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ प्रतितोला १ लाख २३ हजार रुपैयाँ तोकेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि हिजो १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार रुपैयाँले बढेर १ लाख २३ हजार रुपैयाँ पुगेको हो । यसअघि गएको पुस १२ गते सबैभन्दा बढी १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढेसँगै नेपालमा पनि बढ्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: