Thu. Apr 18th, 2024

पशुपति क्षेत्र वरपर मासु ,मदिरा बेचबिखनमा रोक

काठमाडौं – शिवरात्रिमा पशुपतिनाथमा हुने मेलालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले त्यस क्षेत्रमा २३ देखि २७ फागुनसम्म मासु र मदिरा बेचबिखन र ओसारपसारमा रोक लगाएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणका क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थको ओसारपसार, बिक्री, भण्डारण र सेवनमा रोक लगाइएको हो ।

‘कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही भइजाने ब्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ’, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको सूचनामा भनिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: