Sun. Apr 14th, 2024

धादिङको घाटबेसीमा बस दुर्घटना: चार जनाको घटनास्थलमै मृत्यु, ३० भन्दा बढी घाइते

धादिङ- कपिलवस्तुबाट काठमाडौतर्फ आउदै गरेको यात्रु बस धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीमा दुर्घटनामा परेको छ ।

लु २ ख २१२१ नम्बरको बस दुर्घटनामा एक जना महिला सहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ । पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशुली नदिमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा ३० जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरूको उद्दार भैरहेको छ । घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना गरि ६५ जना भन्दा धेरै प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् ।

बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्दारमा आइपुगेका छन् । बस चालक रुपन्देही लुम्बिनी संस्कृति न.पा.९ बस्ने बर्ष ३८ को हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: