Mon. Apr 15th, 2024

अष्ट्रेलियामै दर्ता भएर नेपाली फिल्म बन्दै, कलानी गेकोनले निर्देशन गर्ने

सिड्नी -अष्ट्रेलियाबाट नेपाली भाषाको फिल्म निर्माण हुने भएको छ । अष्ट्रेलियाको फिल्म बोर्डमा आधिकारिक रुपमा दर्ता भएर बन्ने फिल्मलाई अष्ट्रेलियाली नागरिक कलानी गेकोनले निर्देशन गर्ने भएका छन् । फिल्मलाई गेकोन र सविन ज्ञवालीले निर्माण गर्नेछन् ।

फिल्मको नाम ‘होम बिफोर नाइट’ राखिएको छ । नेपाली भाषा राम्रोसँग बोल्न जान्ने गेकोनले निर्माण गरेको नेपाली सर्ट फिल्म ‘सपनाको आवाज’ले थुप्रै अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कार समेत जितेको थियो ।

नेपाली फिल्मकर्मी सविन एक दशकभन्दा लामो समयदेखि सिड्नी बसोबास गर्दै आएका छन् । उनले नेपाली फिल्म ‘दोख’ निर्माण गरिसकेका छन् भने केही अष्ट्रेलियाली फिल्ममा समेत काम गरेका छन् । उनले अष्ट्रेलियामा छायांकन गरिएका नेपाली फिल्म ‘ब्रेकअप’ र ‘लप्पनछप्पन २’ को प्राविधिक र प्रशासनिक पाटोको जिम्मेवारी सम्हालेका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: