Wed. Dec 4th, 2024

भारतबाट विराटनगरसम्म शुरु भएको रेल सेवा अलपत्र

काठमाण्डौ – नौ महिनाअघि भारतको बथनाहादेखि नेपालको विराटनगरसम्म शुरु भएको मालवाहक रेल सेवाले निरन्तरता नपाउँदा उद्यगीहरू निराश भएका छन् ।

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि गएको जेठ १८ गते विराटनगरमा सामान ल्याएर फर्किएको रेल अझै नआएको हो । बथनाहादेखि विराटनगरमा रहेको एकीकृत भन्सार जाँच विन्दु (आईपीपी) मा निर्माण भएको रेल्वे कस्टम यार्डसम्म रेल चलेपछि धेरैमा उत्साह छाएको थियो । तर आयातको लागत घटाउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको नेपाल–भारत कार्गो रेल अहिले अलपत्र बनेको छ ।

नेपालले भारतसँग गरेको रुट सम्झौताबमोजिम सीमित मालसामान मात्र आयात गर्न पाएपछि रेल सञ्चालन अनिश्चित बनेको नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले बताए । सरकारले सबै प्रकारका तयारी मालसामान तथा औद्योगिक कच्चा पदार्थ आयातको अनुमति नदिएपछि कार्गो रेल पुनः सञ्चालनको सम्भावना घट्दै गएको उनले बताए।

रेल सञ्चालनमा आउनुअघि दुवै देशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतामा कोलकत्ता बन्दरगाहबाट विराटनगर भन्सारसम्म रासायनिक मल, पत्थर तथा कोइला, क्लिङ्कर र सिमेन्टमात्र आयात गर्न पाउने विषय उल्लेख छ ।

About The Author

अन्य समाचारहरु: