Mon. Jan 13th, 2025

काठमाण्डौको भिडभाड हुने ठाउँमा क्यामेरासहित प्रहरी परिचालन

काठमाण्डौ – जिल्ला प्रहरी परिसर काठमाण्डौले अपराधजन्य कार्य तथा दुर्घटना रोकथामका लागि ‘बडी वोर्न’ अर्थात शरीरमा जडित प्रहरी परिचालन गरेको छ । शान्ति सुव्यवस्थालाई थप प्रभावकारी बनाउन क्यामेराबाट गोप्य रूपमा निगरानी शुरू गरेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए ।

यो प्रविधि ‘क्विक रेस्पोन्स टीम’ (क्यूआरटी)सँग हुने छ । भीडभाड हुने ठाउँमा क्यामेरा जडित प्रहरी परिचालन हुने उनले बताए। यो टीमलाई जीपीएस प्रविधियुक्त उपकरण, घुँडा र कुहिनामा लगाउने प्याड, हेल्मेट, चश्मा लगायतका सुरक्षा उपकरण उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले हिजो परिसरमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका थिए ।

About The Author

अन्य समाचारहरु: