Mon. Apr 15th, 2024

आज सिद्दलेकमा महाशिवरात्री मेला भव्य हुने

धादिङ । सिद्धलेक गाउँपालिका–२ सिद्दबाबा मन्दिरमा महाशिवरात्री पर्व मेला आयोजना गरिएको छ ।

आन्तरिक तथा वाह्य पर्यटन प्रवद्धन गर्ने उद्देश्यले धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा विभिन्न व्यापारिक स्टलहरु, खाना तथा खाजा पसलहरु रहनेछन् । रक्तदान कार्यक्रम पनि हुनेछ ।

महोत्सवमा चर्चित लोक गायक राम्जी खाँड, लोक गायिका सम्झना भण्डारीसहित  कलाकारहरुको प्रस्तुति हुने सिद्धलेक ढेवाडाँडा समाजका अध्यक्ष दिल नारायण श्रेष्ठले जानकारी दिए ।

जिल्लाकै ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित हुँदै आएको ढेवा डाँडा अर्थात सिद्दलेक डाँडामा विगत वर्षहरुमा पनि मेला लाग्दै आएको छ । 

About The Author

Loading...

अन्य समाचारहरु: