Wed. Jan 22nd, 2025

नयाँ मन्त्रीका नयाँ निर्णय, देश बदल्ने प्रतिबद्धता

काठमाडौँ – तेस्रोपटक प्रधानमन्त्री नियुक्त पुष्पकमल दाहाल प्रचण्डले बुधबार १५ औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरे । एक वर्षमै तेस्रो पटक सत्ता समीकरण बदल्दै नयाँ मन्त्रिहरु नियुक्त गरिएसँगै नव नियुक्त मन्त्रीहरुले किसिम किसिमका निर्णय गरेका छन् । तर मन्त्रीहरुले पदभार ग्रहण लगत्तै गरेका निर्णयहरु भने पत्यारिला छैनन् ।

बुधबार १६ जना नवनियुक्त मन्त्रीहरुलाई सपथग्रहण गराउँदै १९ जना मन्त्रीहरुको कार्यभार तोकिएपछि सबैजसो मन्त्रीहरुले पदभार ग्रहण गर्दै गर्दा आफू साँच्चिकै जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता मात्र जनाएका छैनन्, किसिम किसिमका निर्णय गरेका छन् । एमाले, कांंग्रेस हुँदै पुनः एमालेकै काँध चढेका प्रचण्डले नियुक्त गरेका मन्त्रीहरुले विगतमा अरुले जस्तो स्टण्डबाजी नगर्नेदेखि शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त गर्ने कानून बनाउनेसम्मको प्रण गरेका छन् । कसैले योजना निर्माणमा भएको ढिलाईप्रति चिन्ता ब्यक्त गरेका छन् भने कसैलाई नेपाली वायुसेवा कालोसूचीमा परेको चिन्ता छ ।

केही दिनयता काठमाडौंसहित देशैभरका सडकहरुमा थरिथरिका आन्दोलनहरु भइरहेका छन् । मिटरब्याज पीडित तथा लघुवित्त वित्तीय संस्थाका ऋणीहरु देशैभरबाट काठमाडौं आएर न्याय मागिरहेका छन् भनेसरकारी संस्थानले दूधको बक्यौता नदिएको भन्दै किसानले सडकमा दूध पोखेर सरकारको ध्यानाकर्षण गर्नुप¥यो । यी सबै समस्याबाट ज्यूँका त्यहीँ छन् । तर मन्त्रीहरुका प्रतिवद्धताले सबै समस्याहरु छिट्टै समाधान हुन्छन् । जसले गर्दा नागरिकले अब आन्दोलन गर्नुपर्ने छैन जस्तो देखिएको छ ।

About The Author

अन्य समाचारहरु: