Wed. Dec 4th, 2024

विदेशी चलचित्रलाई धेरै शो दिएपछि बोर्डले भन्यो–नेपाली चलचित्रहरूलाई प्राथमिकता दिनुस्

काठमाडौँ -चलचित्र विकास बोर्डले नेपाली चलचित्रहरूलाई प्राथमिकता दिन हलवालालाई अनुरोध गरेको छ। बाड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीले बोर्डको तर्फबाट उक्त अनुरोध गरेका हुन् ।

उनले फागुन २५ देखि प्रदर्शनमा आएका नेपाली चलचित्र काँडेतार, उपहार र रंगेलीलाई न्यायोचित शो नदिइएको तर विदेशी चलचित्रलाई भने विशेष महत्त्वका साथ शो दिइएको भन्ने व्यापक गुनासो आएको बताउँदै नेपाली बजारलाई थप चलायमान बनाउन र नेपाली चलचित्रप्रति दर्शकको रुचि र आकर्षण बढाउने आशा र विश्वास गरिएका यी चलचित्र धराशायी भएमा नेपाली चलचित्र उद्योगले ठुलो क्षति व्यहोर्ने परिस्थितिप्रति सजग र गम्भीर बन्न भनेका छन् ।

साथै प्रवक्ता बुढाथोकीले निर्माण अघि प्रदर्शनको मिति तोक्ने, एउटै मितिमा चलचित्र जुधाउने, अस्वस्थ प्रतिस्पर्धा गर्ने र अनेक फण्डाबाजी गर्ने शैली, प्रवृत्ति र आचरणमा सुधार ल्याउन निर्माता र वितरकलाई समेत अनुरोध गरेका छन् ।

About The Author

अन्य समाचारहरु: