नेपाल औषधि उत्पादक संघ (एप्पोन) को आयोजनामा चितवनमा शुक्रबारदेखि ‘नवौं फर्मा एक्स्पो–२०२४’ सुरु भएको छ ।
‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा सुरु भएको तीन दिने एक्स्पोमा स्वदेश तथा विदेशी तथा विदेशी उद्योगको उत्साहबर्धक सहभागिता रहेको छ । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीनलगायत नौ देशहरूले एक्स्पोमा १६० वटा स्टल राखेका छन् । एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाईएको छ भने उपकरण, ल्याब कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल पनि राखिएको छ ।
एप्पोनका उपाध्यक्ष एवं यस एक्स्पोका संयोजक सन्तोष बरालले औषधि बन्ने प्रक्रिया, प्रविधि र पद्धतिको जानकारी दिने उदेश्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘खासगरी औषधि कसरी बन्छ, कस्ता कस्ता प्रविधि र पद्धतीबाट बन्छ रु प्रक्रिया र पद्धतीको बारेमा जानकारी दिने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो । कोभिड ९१९ को बेलामा बाहेक एपोनले हरेक दुई दुई बर्षमा यो कार्यक्रम नियमित रुपमा आयोजना गरेको छ ।’ कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा। विकास देवकोटाले स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्ने नीति सरकारले अपनाएको बताएका छन् ।
‘नवौं फर्मा एक्स्पो २०२४’ को उद्घाटन गर्दै उनले सरकार र औषधि उद्योगीबिच कुनै खाडल नरहेको बताएका हुन् । नेपालमा के–के रोगहरु छन्, कस्ता औषधिको माग छ भन्ने कुरा अनुसन्धान गरेर औषधि उत्पादन गर्नुपर्नेमा उनको जोड थियो । नेपाली औषधि उद्योगको बजारीकरणको परम्परालाई पनि परिवर्तन गर्नुपर्ने उनको सुझाव छ । उनले भने,‘प्रतिष्ठित उद्योगलाई हानिनोक्सानी नहुने गरी मार्केटिङ कल्चरलाई व्यवस्थित गरेर, चुहावट रोकेर लगानी उत्पादनमा बढाउनु पर्छ ।’
जाम्बियाका मेडिसिन रेगुलेटरी अथोरोटीका डाईरेक्टर माकोमानी सियान्गाले कार्यक्रमले नेपाल र लाम्बियाबीच सम्बन्ध जोडको भन्दै आफूहरु नेपालको औषधिसँग सहकार्य गर्न तयार रहेको बताए । नेपाल चिकित्सक संघका अध्यक्ष डा। अनिल बिक्रम कार्कीले औषधि उद्योगको बिकासका लागि नीति भन्दा जिम्मेवारीमा बसेका अधिकारीको नियत खराब रहेको बताउँदै नियत बद्ल्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।
एप्पोनका निवर्तमान अध्यक्ष प्रज्वलजंग पाण्डेले औषधिका आधारभूत कुरामा अल्झन भन्दा विश्व बजारमा कसरी पुर्याउन सकिन्छ भन्ने बारे छलफल गर्नुपर्ने बताए । एप्पोनका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले खुल्ला अर्थबजारमा मूल्य नियन्त्रित नहुने भन्दै नेपालको खुल्ला बजारमा औषधिलाई नियन्त्रणमा राख्न नहुने बताए ।