Sun. Sep 8th, 2024

पार्टी कार्यालयभित्रै राप्रपाका नेता श्रेष्ठमाथि आक्रमण

काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै आक्रमण भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा आइतबार श्रेष्ठमाथि आक्रमण भएको हो । बैठककक्ष बाहिरबाट बाहिँरिदा एक समूहले श्रेष्ठमाथि आक्रमण गरेका थिए ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा श्रेष्ठले राखेको धारणाका कारण आक्रमण भएको नेताहरूले जनाएका छन् । श्रेष्ठमाथि आक्रमण भएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आक्रमण गर्नेको पहिचान गर्न निर्देशन समेत दिएका छन् ।

About The Author

अन्य समाचारहरु: