Fri. Jan 17th, 2025

बाँके औलो रोगको उच्च जोखिममा

काठमाण्डौ – बाँकेको नरैनापुर गाउँपालिका औलो रोगबाट बढी प्रभावित भएपछि उच्च सतर्कता अपनाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म नरैनापुरमा ८० जना औलोका बिरामी भेटिएको स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोगका ‘फोकल पर्सन’ दुर्गा गौतमले जानकारी दिए।

यस क्षेत्रमा महिनौँदेखि औलोका बिरामी थपिँदै गएकाले पालिकाको समन्वयमा रगत परीक्षण, कीटनाशक झुल वितरण र सचेतनामूलक अभियान सञ्चालन गरिएको उनले बताए ।

उनकन अनुसार पालिकाका सबै घरमा कीटनाशक झुल वितरण गरिएको र गर्भवतीलाई विशेष सावधानी अपनाइएको छ । चालु आर्थिक वर्ष २०८०र०८१ को साउनदेखि माघसम्म नेपालगञ्ज उपमहानगरपालिका, डुडुवामा र राप्तीसोनारी गाउँपालिकामा पाँचरपाँच जना, बैजनाथ गाउँपालिकामा एक जनामा औलोका बिरामी भेटिएको फोकल पर्सन गौतमले बताए ।

जिल्लाका बाँके कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकामा औलोका बिरामी शून्य छन् । औलोका बिरामी देखिएका पालिकामा विशेष निगरानी गरिएको छ । डुडुवा गाउँपालिकाले विभिन्न टोलमा घरधुरी सर्भेक्षण शुरु गरेको जनाएको छ ।

About The Author