धादिङ– मंगोल नेशनल अर्गनाइजेशन जिल्ला समिति धादिङको अध्यक्षमा बीर बहादुर तामाङ निर्वाचित भएका छन् । सोमबार धादिङबेसीमा सम्पन्न छैटौं जिल्ला अधिवेशनबाट तामाङसर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । नीलकण्ठ नगरपालिका स्थायी घर भएका तामाङ अर्गनाइजेशनका पुराना नेता मानिन्छन् ।
अधिवेशनले सचिवमा गजुरीका सुनिल तामाङ, कोषाध्यक्ष खनियाबासका सीता गुरुङ, सहसचिव गल्छीका रामचन्द्र आलेमगर, प्रचार प्रसार सचिवमा थाक्रेका राज्यु पाख्रिन तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनले पाँच जनाको पदाधिकारीसहित ३४ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
जिल्लाको १३ स्थानीय तहबाट छनोट भएर आएका प्रतिनिधिहरुले सर्वसम्मत जिल्ला कमिटि चयन गरेको अर्गनाइजेशनका नेता रामचन्द्र मोक्तानले जानकारी दिए । अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै केन्द्रिय मुल सचिव सन्तोष तामाङले मंगोल नेशनल अर्गनाइजेशन कुनै जातजाती र धर्मको विराोधी नभई लोकतन्त्रको रक्षार्थ लड्दै आएको बताए । अधिवेशन उद्घाटनअघि धादिङबेसीमा ¥याली प्रदर्शन गरेका थिए ।
तस्बिरहरु : शंकर श्रेष्ठ