काठमाण्डौ – आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्।
गएको वर्ष २०७९ पुस १० गते एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका समर्थनमा प्रधानमन्त्री भएपछि उनले पुस २६ गते संसद्मा विश्वासको मत लिनुुभएको थियो । त्यसबेला प्रतिपक्षीमा रहेको नेपाली कांग्रेस र एकीकृत समाजवादीसहितका सबै दलले उनलाई समर्थन गरेका थिए ।
त्यसपछि राष्ट्रपति चुनावमा प्रधानमन्त्रीले कांग्रेस लगायतका दलसँग गठबन्धन गरेपछि एमाले, रास्वपा र राप्रपाले सरकार छोड्दै समर्थन फिर्ता लिएका थिए । त्यसपछि गएको वर्ष चैत ६ गते प्रचण्डले दोस्रोपटक संसद्मा विश्वासको मत लिएका हुन् ।
अहिले फेरि कांग्रेससँगको गठबन्धन भत्काएर नयाँ बनाएपछि उहाँले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन् । अहिले प्रधानमन्त्रीलाई एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादीको समर्थन छ ।