Tue. Apr 16th, 2024

चलचित्र ‘अगत्स्य’ हेरेपछि बालेनले गरे नाजिरको अभिनयको प्रशंसा

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले केही दिनअघि एक्सन(थ्रिलर फिल्म ‘अगस्त्य’ हेरे । दरबारमार्गको क्यूएफएक्स हलमा फिल्म हेर्न उनी पत्नी सविना काफ्लेसहित पुगेका थिए ।

फिल्म हेरिसकेपछि मेयर साहले अभिनेता नाजिर हुसेनको अभिनय र ज्यानको प्रशंसा गरे । ‘नाजिरको ज्यान गजबको बनेको रहेछ । उहाँले ज्यान बनाएर आफूलाई पात्रमा ढाल्न मिहिनेत गर्नुभएको छ,’ उनको प्रतिक्रिया थियो ।

कथाको सस्पेन्सले आफूलाई बाँधेको साहको प्रतिक्रिया छ । ‘मैले जे सोचेको थिएँ । त्यो सस्पेन्स फिल्ममा पाएँ । छायांकनले पनि मत जित्यो,’ उनले भने, ‘यसले दिने सन्देश महत्वपूर्ण छ ।’ मेयर साहले फिल्म हेरिरहेको थाहा पाएपछि नाजिर ‘केटी हराएको सूचना स् मिसिङ’को छायांकनलाई रोकेरै हलमा पुगेका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: