Wed. Dec 4th, 2024

प्रधानमन्त्री प्रचण्डलाई तेस्रो पटक विश्वासको मत प्राप्त

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत पाएका छन् आज बुधवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन।

नेपालको संविधानको धारा १०० को उपधारा ९२० बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५५ बमोजिम उनले आज पेस गरेको प्रस्तावका पक्षमा एक सय ५७ र विपक्षमा एक सय १० मत खसेको हो । मत विभाजन प्रक्रियामा एक मत दिन्न भन्नेमा खसेको थियो ।

मतविभाजन प्रक्रियामा जम्मा दुई सय ६८ सांसद सहभागी थिए । बैठकमा सभामुख देवराज घिमिरेले मत विभाजन परिणाम सुनाउँदै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त भएको जानकारी गराएका थिए।

प्रधानमन्त्रीले यही फागुन २१ गते नयाँ सत्ता गठबन्धन बनाएपछि उनलाई समर्थन गरेको दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको थियो । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ ।

About The Author

अन्य समाचारहरु: