Thu. Jan 23rd, 2025

भर्ना शुरुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने

काठमाण्डौ -जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ शुरु हुनअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने तयारी गरेको छ । केन्द्रले यही चैत १५ गतेभित्र पाठ्यपुस्तक छपाइ सकेर गरेर काठमाण्डौ उपत्यकाबाहेक सात वटै प्रदेशमा रहेका केन्द्रको नौ वटा वितरण केन्द्रबाट चैत १६ गतेदेखि पुस्तक वितरण शुरु गर्ने जनाएको छ ।

केन्द्रले अहिले २४ सैँ घन्टा छापाखाना सञ्चालन गरेर दैनिक एक लाख थान पुस्तक छपाइ गरिरहेको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले बताए। आउँदो शैक्षिक सत्रका लागि केन्द्रले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा एक करोड ५७ लाख थान पाठ्यपुस्तक छपाइ सकेको र बाँकी १८ लाख थान पुस्तक १४ दिनभित्रमा छपाइ सम्पन्न गरेर वितरण गर्न शुरु गर्ने प्रबन्ध निर्देशक झाले बताए।

उनकाअनुसार पहिलो प्राथमिकता हिमाली क्षेत्र, दोस्रोमा पहाडी क्षेत्र, तेस्रोमा तराईमा र अन्तिममा काठमाण्डौ उपत्यकामा पुस्तक वितरण गर्ने तयारी छ ।

About The Author

अन्य समाचारहरु: