Sun. Apr 21st, 2024

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आजै शीर्ष नेताहरूलाई बुझाउने तयारी

काठमाडौं – सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलले कार्यक्रमको मस्यौदा तयार पारेको छ ।

शुक्रबार बसेको कार्यदलको बैठकले सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम तयार पारेको नेकपा एमालेका उपाध्यक्ष तथा कार्यदलका संयोजक विष्णुप्रसाद पौडेलले बताए । उनले कार्यदलको आज बसेको बैठकले सुझावसहित मस्यौदालाई पूर्णता दिएको जानकारी दिए ।

कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको मस्यौदा आज नै शीर्ष नेताहरूलाई बुझाउने तयारी रहेको उनले बताए । साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधान, आम मानिसमा आशा र विश्वास जगाउने, सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गर्ने विषयलाई प्राथमिकता दिएको बताए ।

राष्ट्रलाई समृद्ध बनाउने, जनतालाई सुखी बनाउने, समृद्ध राष्ट्र सुखी नेपालको आकांक्षा पूरा गर्ने र देशलाई समाजवादतर्फ अगाडि बढाउने विषय पनि समावेश गरिएको उनको भनाइ छ । उनले कार्यदलले कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिएको भन्दै आवश्यक संशोधन गर्न परे शीर्ष नेताहरूले गर्ने बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: