Fri. Feb 7th, 2025

क्यालेण्डर तयार बनाएर गाडी दुर्घटना रोक्न माग

सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्ने बताएका छन् ।

आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै निवर्तमान मन्त्रीसमेत रहेका उनले सो धारणा राखेका हुन् । सवारी दुर्घटना न्यूनीकरण गर्न किरातीले दीर्घकालीन रणनीति अपनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण पनि गराए ।

त्यसका लागि क्यालेण्डर नै तयार गरेर काम गर्नुपर्ने उनको भनाई छ । ‘मर्ने मान्छे मरिहाल्छ, जहाँ घाइते भएको छ, एउटा परिवारमा एकजना मान्छे जीवनभरी घाइते हुँदाखेरी त्यसले राष्ट्रलाई कति धेरै क्षति पुग्नसक्छ रु यसमा हामीले ध्यान पुर्याउनुपर्छु, सांसद किरातीले भने, ुयातायात मन्त्रालयले दीर्घकालीन प्रकारको रणनीति निर्माण गरी दुर्घटना न्यूनीकरण निम्ति क्यालेण्डर तयार गरेर आजैबाट जानुपर्छ भन्नेकुरा म जोडदार माग गर्दछु ।’

About The Author

अन्य समाचारहरु: