Mon. Jan 13th, 2025

काठमाण्डौ महानगरले ठाउँको प्राचीन नाम प्रचलनमा ल्याउँदै

काठमाण्डौ -काठमाण्डौ महानगरपालिकाले ठाउँहरूको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया शुरु गरेको छ ।

पहिलो चरणमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व भएका टोल, बस्ती, मठमन्दिर, वहाल, वही, धारा, सत्तल, पाटीहरूको प्राचीन नाम खोज्ने, संस्कृतिविद्, पुरातत्त्वविद्, भाषाविद् तथा इतिहासविद्हरूसँग नाम पुष्टि गर्ने काम पूरा गरेको काठमाण्डौ महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्कतले जानकारी दिए ।

महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यका विभिन्न ठाउँहरूको प्राचीन नाम अध्ययन गरेको हो । सांस्कृतिक सहरको नाम मेटिने गरी ठाउँको नयाँ नामाकरण भएपछि नामबाट झल्किने सहरको सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक पहिचान मेटिँदै गएकोले प्राचीन नाम खोजी गरेकोउनले बताए ।

अध्ययनका क्रममा ७० वर्षभन्दा बढी उमेरका बासिन्दाले ठाउँको प्राचीन नाम उच्चारण गर्ने गरेको पाएको महानगरपालिकाले जनाएको छ

About The Author

अन्य समाचारहरु: