Mon. Jan 13th, 2025

चितवनमा रोकिरहेको ट्रकमा बस ठोक्कियो, एक जनाको मृत्यु, ४ जना घाइते

चितवन– रोकिराखेको ट्रकलाई बसले ठक्कर दिँदा आइतबार बिहान एक जनाको मृत्यु भएको छ।

नारायणगढ मुग्लिङ सडक खण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका-६ जलविरेमा रौतहटको गौरबाट पोखरा तर्फ जाँदै गरेको ग१ख ८५२४ नम्बरको बसले सडक छेउमा रोकी राखेको ना६ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा बसमा सवार भारत मोतिहारीका गौरी दास रहेका छन् । दुर्घटनामा चार जना घाइते भएका छन् । बसमा सवार सर्लाहीका पुजा गुप्ता, भारत सितामढिका अम्बर नाथ कुमार र भारत विहारका रिता गुप्ताको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । ट्रक चालक विरगन्जका हाकिम मिया पनि घाइते छन् । घाइते सबैको अवस्था मध्यम छ।

बसकाे चक्का पञ्चर भई दुर्घटना हुन् पुगेको प्रहरीको भनाई छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

About The Author

अन्य समाचारहरु: