Thu. Apr 18th, 2024

सर्पको विष तस्करी गरेको आरोपमा भारतीय युट्युबर एल्विश यादव पक्राउ

काठमाडौं – चर्चित भारतीय युट्युबर तथा रियालिटी शो ‘बिग बोस ओटीटी सिजन २’ का विजेता एल्विश यादवलाई उत्तर प्रदेशको नोएडा प्रहरीले पक्राउ गरेको छ । रेभ पार्टीमा सर्पको विष तस्करी गरेको आरोपमा उनीमाथि मुद्दा दायर भएको थियो । उनीसहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई सुरजपुर अदालतमा पेश गरिएको थियो । अदालती आदेशपछि उनलाई १४ दिन हिरासतमा पठाइएको थियो । यो मामिला लामो समयदेखि अनुसन्धानको क्रममा थियो । उनीविरुद्ध एफआईआर पनि दर्ता भएको थियो ।

प्रहरीले त्यहाँबाट नौवटा सर्प बरामद गरेको थियो । जसमध्ये पाँच कोब्रा थिए भने एक अजिंगर र दुईवटा सर्पको टाउकोसहित एउटा रातो सर्प फेला पारेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: