Wed. Jan 22nd, 2025

प्रदेश युवा परिषदद्धारा युवालाई सिपमूलक तालिम दिन आवेदन खुल्ला

काठमाडौं– बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद्, जिल्ला युवा समिति धादिङले बागमती प्रदेशका युवाहरुलाई तालिम दिने भएको छ । वेरोजगार युवा जनशक्तिहरुलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरु सिर्जना गर्न युवा लक्षित कार्यक्रमको आयोजना गरेको हो ।

विभिन्न सीपमुलक तालिमका लागि आवेदन फाराम खुल्ला गरेको छ । जिल्ला युवा समिति धादिङको कार्यालय वा इमेल, इन्टरनेट मार्फत अनलाइनबाट आवेदन दिनको लागि https://forms.gle/ytvfwuiJ1Whw5NLeA मार्फत दिन सकिने जिल्ला युवा समिति धादिङका प्रदेश युवा स्वयंसेवक सपना दाहालले जानकारी दिए ।

विशेष गरि निर्माण क्षेत्र, सेवा क्षेत्र, कृषि क्षेत्र, होटल तथा पर्यटन क्षेत्र र नर्सरी तथा गार्डेन व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिनेछ । त्यसका लागि चैत २२ गतेसम्म इच्छुक १६ देखि ४० वर्ष सम्मका युवाहरुले आवेदन दिन सक्ने छन् । यस तालिम बागमती प्रदेशका १३ वटै जिल्लाहरूमा निशुल्क सञ्चालन हुने उनले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: