Tue. Apr 16th, 2024

विकल्पको पेशा भन्दा पत्रकारितालाई रोजाई बनाउनु पर्छ: अध्यक्ष बस्नेत


धादिङ-विकल्पको पेशा भन्दा पनि पत्रकारितालाई रोजाई बनाउनु पर्ने प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताएका छन् । अरु पेशा गरेपछि विकल्पमा क्यामेरा किन्ने भन्दा पनि पत्रकारितालाई रहर र रोजाईको पेशा बनाउनुपर्ने बताएका हुन् ।

पछिल्लो समय यूट्युवलाई व्यवस्थित बनाएर लैजाने तयारी भइ रहेको उनले बताए । पत्रकारिता राज्यको चौथो अंग हो । रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइनले जस्तै यूट्युवले पनि पत्रकारिताको क्षेत्रमा ठूलै योगदान पु¥याउदै आएको धादिङमा आयोजित पत्रकारितामा युट्युव र आचारसंहिताको सवालका विषयमा छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

केही यूट्यव चलाउनेहरुको बेइमानीलाई हेरेर सिंगो यूट्युव सञ्चालन गर्नेलाई दोष दिन नहुने उनले बताए । ‘यूट्युवलाई नकरात्मक आलोचनात्मक मात्रै भन्दा पनि सकरात्मक दृष्टिकोणले पनि हेर्ने गरौं । युट्युव मार्फत भइरहेका पत्रकारितालाई प्रोमोशन गर्नुपर्छ । यूट्युव पनि पत्रकारिता क्षेत्रको एउटा अवसर हो । बलियो, मर्यादित र विश्वसनिय बनाउदै लैजानुपर्छ । आचारसंहिता अनुकुल छ छैन त्यसको अनुगमन नियमन हुन आवश्यक छ’ उनले भने । प्रेस काउन्सिल नेपालको आयोजनामा नेपाल पत्रकार महासंघ धादिङको संयोजनमा आयोजित धादिङका पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा पत्रकार र पत्रकारिता क्षेत्रको आचारसंहिताका विषयमा छलफल गरिएको हो । यूट्युवका कारण पत्रकारिता क्षेत्रकै विश्वसनियत घट्दै गएको सहभागीहरुले बताएका छन् ।

यूट्युवलाई व्यवस्थित र मर्यादित बनाउन नसकिए पत्रकारिता क्षेत्र धारासायी बन्ने र श्रमीजवि पत्रकारहरु माथिको विश्वासनियता घट्ने गुनासो राखेका छन् । मिडियाहरुमा कपिपेस्ट गर्ने प्रविधिहरु बढिरहेकोले यस तर्फ काउन्सिलले ध्यान दिनुपर्नेमा समेत जोड दिएका छन् । यस्तै धादिङको पत्रकारिता क्षेत्रलाई अब्बल बनाउनको लागि महासंघले विभिन्न क्षमतामुलक कार्यक्रमहरु संचालन गर्दै आएको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले बताए । अहिले कपिपेष्ट गर्ने प्रविधि चलिरहदा यसलाई नियमन गर्नको लागि महासंघले निगरानी गरिरहेको बताएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: