काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुईजना अंगरक्षक पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुँदैछ ।
सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका दुई जनाकै परिवारले सर्वोच्च अदालतमा दायर गरेका बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश शारंगा सुवेदीको एकल इजलासमा पेशी तोकिएको हो ।
सोमबार प्रसाईंको रिटमाथि सुनुवाइ भएकाले उनीसहित उनका बडीगार्डहरू दीपक खड्का र रामकुमार धिमाल पक्राउ परेका थिए । खड्काका नाममा लाइसेन्स जारी भएको अत्याधुनिक मेसिन गन धिमालका साथबाट बरामद भएको थियो ।