Mon. Sep 16th, 2024

कांग्रेसको माग -आउँदो बैठकमा रविमाथि छानबिन गर्न समिति गठन होस्

काठमाडौं -नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारीको रकम हिनामिना प्रकरणमा छानबिन गर्न पुनः माग गरेको छ । आउँदो सदनको बैठकबाट छानविन समिति गठनको घोषणा गर्नुपर्ने कांग्रेसको माग छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले रवि लामिछानेले सहकारीको रकम हिनामिना गरेको प्रमाण छैन भन्ने प्रधानमन्त्री र प्रमाण छ भन्ने हामी प्रतिपक्ष भएकाले यसको छिनोफानो गर्न समिति गठन गर्नुपर्ने बताइन् ।

अन्यथा संसद अवरुद्ध हुने संकेत गर्दै उनले भनिन्, ‘आउँदो सदनमा सरकार पक्षले समिति बनाउन मानेन भने यो सदन हामीले होइन, उहाँहरुलाई चाहिएको रहेनछ, उहाँहरुलाई जनताको काम चाहिएको छैन भन्ने बुझ्ने छौं ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारको संसद बैठकमा रवि लामिछानेविरुद्ध प्रमाण नभएको ब्रिफिङ प्रहरीले गरेको जानकारी गराएका थिए ।

About The Author

अन्य समाचारहरु: