Wed. Apr 17th, 2024

राजेश हमालले योग पोज सिकाए

काठमाडौं – अभिनेता राजेश हमाल उमेरले ६० वर्ष टेकिसकेका छन् । यो उमेरमा पनि उनी फिटनेस–कन्सस छन् । नियमित जिम जान्छन् र योगाभ्यास गर्छन् । खानपिन तालिका पनि सोहीअनुसार छ ।

सामाजिक सञ्जालमा पनि शारीरिक सुगठनदेखि कसरतसम्मका फोटो पोस्ट गर्छन् । उनको फिटनेस शैलीलाई लिएर फ्यानले पनि प्रतिक्रिया दिने गरेका छन् । यो उमेरमा पनि स्वास्थ्यप्रति सचेत हमालको बानी धेरैका लागि अनुकरणीय छ ।

पछिल्लो साता हमाल ‘अपांगता भएका व्यक्तिका लागि आयोजित ह्विलचेयर म्याराथन’मा अतिथि बनेर पुगेका थिए । त्यहाँ उनले अपांगता जीवन बाँचिरहेका व्यक्तिलाई हौसला दिने प्रयास गरे । सोही कार्यक्रममा ओलम्पियन दीपक विष्ट पनि पुगेका थिए ।

विष्टले आफूअघि उभिएका हमालको फिटनेसलाई लिएर प्रशंसा गरे । हमालले ठाउँको ठाउँ योग गरेर विष्टलाई देखाए । उनले आफूले नियमित गर्ने योगको शैली त्यहाँ देखाएका थिए ।

जे होस्, ६० वर्षको उमेरमा पनि हमाल आफूलाई १६ वर्षको ठिटो ठान्छन् । उनले यो कुरा धेरैपटक भन्ने पनि गरेका छन् । कतिपयले माया गरेर उनलाई ‘महानायक’ पनि भन्छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: